७ असार २०८३, आईतवार
,
Latest
रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन प्रति ओलीको टिप्पणी: जुँगा त आफ्नो पो ताउ लाउनुपर्छ , अर्काले टाँसिदिया जुँगामा के ताउ लगाउनु !



अ+ अ-

झापा । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दाबी गर्नुभएको छ । 

आइतवार एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफुहरुले जिताइदिएको सांसद संख्या गनेर प्रचण्ड, माधवले संसदमा फार्तिफुर्ति गरेको भन्दै उहाँहरुले आगामी निर्वाचनमा नजित्ने दाबी गर्नुभएको हो । माधव नेपाल चुनाव नउठ्ने र समानुपातिकमा बस्ने जिकिर गर्दै अध्यक्ष ओलीले समानुपातिकमा पनि नेपालको मत नआउने उहाँले तर्क गर्नुभयो ।

उहाँले दुवै नेतालाई आगामी चुनाव जितेर देखाउन चुनौति दिनुभयो । अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनलाई विध्वंशकारी, विनाशकारी र अस्थिरता ल्याउने तत्वको संज्ञा दिदैँ गठबन्धनलाई कसैले मत नहाल्ने बताउनुभयो । उहाँले वर्तमान सरकारको कुनै गन्तव्य नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘जुँगा त आफ्नो पो ताउ लाउनुपर्छ । अर्काले टाँसिदिया जुँगा । हामीले टाँसिदिएका, सांसदमा जुन फुर्तिफार्ति गर्दैछन् यतिजना भनेर होलान् २० जना, २२ जना होलान् । त्यो हामीले टाँसिदिएको हो ।

प्रचण्डको फुर्ति हामीले जगाइदिएको हो । प्रचण्डले अब जितेर देखाउन् त ? अब जितेर देखाउन् प्रचण्डले ? माधव नेपाल अब चुनाव लड्छन् ? तपाईहरुलाई बताइदिन्छु म, माधव नेपाल चुनाव लड्दैनन् । समानुपातिकमा बस्छन् । आउला र खाउँला भनेर, त्यो हुनेवाला छैन । कुनै हुनेवाला छैन । मोर्चा भनेको त त्यो यति मान्छेमा मन्त्री हुनलाई त त्यस्तो मारामार भएर तिन महिना लाग्यो मन्त्री बनाउन, जनस्तरमा जाँदा यिनलाई मोर्चा बनाउन् कि मर्चा हालुन् कि जे सुकै गरुन् कसले भोट दिन्छ ? कसले भोट दिन्छ यिनलाई अब ? यि विध्वंशकारी तत्व हुन् । यि विनाशकारी तत्व हुन् । यि भड्काउने तत्वहरु हुन् । अस्थिरता ल्याउने तत्वहरु हुन् । स्थिरता बनाउने तत्वहरु होइनन् ।

कसले यिनलाई दिन्छन् ? यिनलाई अब भन्छन्, जाउ न अदालत परमादेश लिएर आउ । हामी कहाँ किन आउँछौँ ? यो त जनताले बनाइदिएको सरकार होइन नि । यि विभिन्नथरी यि जान्छन् कता भनेको एउटाको मुख उता फर्किएको छ, एउटा उता, एउटा उता, हिड्छन् कता, जान्छन् कता ? यिनीहरुको गन्तव्य के हो ? कता जाने ? एउटा मधेश, मधेश भन्छ । अर्को अर्कै कुरा गर्छ । यि विभिन्न थरी विभिन्न प्रकारका तत्वहरु जान्छन् कता ? गन्तव्य कतै छैन ।’

अध्यक्ष ओलीले अरु नेताहरुलाई एमालेमा फर्किन आग्रह गर्दै माधव नेपाललाई भने एमालेले नलिने स्पष्ट पार्नुभयो । माधव नेपाल देशी, विदेशी प्रतिक्रियावादीहरुको सेवामा र उनीहरुसँग साँठगाँठ गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न हिडेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो – ‘अनुशासनहिन, अराजक तत्वहरु बाहिरिएका छन् । त्यसले पार्टीलाई बिग्रिएको आलु बोराभित्रै कोचेर आलु राम्रो हुन्छ भन्नेकुरा होईन, बिग्रिएकोलाई फाल्नुपर्छ । बिग्रिएका तत्वहरु थुपारेर काम छैन । त्यसकारण मैले भनेको माधव नेपाल बाहेक अरु पार्टीमा फर्किए हुन्छ । अरु साथीहरु फर्किनुस् । भ्रममा नपर्नुस् । तर माधव नेपालजस्ता अपराधि तत्वलाई फेरी नेकपा(एमाले)ले लिदैन् । किनभने यो पार्टी भनेको तपाईहरु जस्तो देश बनाउन हिडेका साथीहरु, तपाईहरु जस्ताका लागि यो पार्टी हो ।

माधव नेपाल जस्ता देशी विदेशी प्रतिक्रियावादीहरुको सेवामा, उनीहरुसँग साँठगाँठ गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न हिड्नेहरुका लागि यो पार्टी होइन् । बिग्रिएका पतित तत्वहरुका लागि यो पार्टी होईन ।’

उहाँले सबै वामपन्थी, कम्युनिष्ट, लोकतान्त्रिक तथा प्रजातन्त्रवादीहरुलाई एमालेमा समाहित हुन आव्हान पनि गर्नुभयो ।