७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले राहतको विशेष प्याकेज ल्याउँछ : मन्त्री बडू



अ+ अ-

कञ्चनपुर । न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताउनुभएको छ ।    

नेपाली कांग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्रीले  राहत र पुनर्निर्माणका लागि विशेष चासो दिनुभएको बताउनुभयो । “पुनर्निर्माणभन्दा पनि तत्काल राहत पाउनुपर्ने वर्ग किसान हो,” मन्त्री बडूले  भन्नुभयो, “योजनाबद्ध ढङ्गले राहत र पुनस्र्थापनामा सरकार लाग्छ ।”

बाढी र पहिराबाट भएको क्षतिका कारण  पुनर्निर्माणमा ढिलाइ भए पनि राहत प्याकेज तत्काल ल्याइने उल्लेख गर्दै उहाँले भन्नुभयो, “देशभरको क्षतिको अवस्था हेर्दा वैदेशिक सहायता जुटाएर पनि जनताको पीडामा मल्हम लगाउँछौँ ।” फरक प्रसङ्गमा मन्त्री बडूले नेपाली कांग्रेसलाई मुलुक हाँक्ने जिम्मेवारी आएको बताउनुभयो । “मुलुकको सफलता र संविधानको रक्षाका लागि सरकारमा आयौँ,” उहाँले भन्नुभयो, “अहिले हाम्रासामु चुनौतीहरु पनि धेरै छन् ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले बाढी र पहिराको सबैभन्दा बढी मारमा सुदूरपश्चिम प्रदेश रहेको बताउनुभयो । “हामीले पनि प्रधानमन्त्रीज्यूको टोलीसित बाढी र पहिरो पीडित क्षेत्रको स्थलगत अनुगमन गर्दा निकै दर्दनाक अवस्था छ,” नेता लेखकले भन्नुभयो, “तत्काल सरकारले राहतको व्यवस्था गर्नुपर्छ ।”

किसानलाई राहत र घरबारविहीन भएकालाई छाक टार्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै उहाँले बताउनुभयो “यहाँ भएको क्षति प्रधानमन्त्रीले आफैँ हेरेर जानुभएको छ । तत्काल राहत ल्याउन सरकारले पहल गर्नेछ ।”