२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकको व्यवस्था



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरमा वन डढेलो नियन्त्रणका लागि यहाँका ६ वटा सब वन डिभिजन कार्यालयमा १२ जना अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । यहाँको वन तथा राष्ट्रिय निकुञ्जमा गर्मीयाममा डढेलोले वन क्षेत्रमा क्षति पुर्‍याउँदै आएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकृत शिवराज अवस्थीले डढेलो नियन्त्रणको पूर्वतयारी भइरहेको जानकारी दिनुभयो । उहाँले जिल्लामा रहेका सब वन डिभिजनमा अग्नि नियन्त्रकको व्यवस्था भएको बताउनुभयो । “हरेक डिभिजनमा दुईजना नियन्त्रक राखेर वनमा डढेलो नियन्त्रणसम्बन्धी सूचना सङ्कलनदेखि नियन्त्रणका लागि समन्वय गर्न भनिएको छ,” उहाँले भन्नुभयो, “यहाँ ६ वटा डिभिजन डढेलो नियन्त्रण र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सचेत छन् ।”

केही दिनअघि मात्र डिभिजन वनसँगै सबै सब डिभिजनले साताव्यापी वन डढेलो व्यवस्थापन सम्बन्धित जनचेतनामूक सप्ताहसमेत गरेको थियो । “अग्नि नियन्त्रक सामग्रीका लागि यस वर्ष बजेट आएन,” सूचना अधिकृत अवस्थीले भन्नुभयो, “गत वर्ष खरिद गरिएका सामग्री प्रयोगमा ल्याइनेछ ।”

कञ्चनपुरमा ७८ हजार हेक्टर वन क्षेत्रमा पर्छ । वन डढेलोका कारण जनधनको समेत क्षति हुनसक्ने भएकाले त्यसका नियन्त्रणका लागि सेना, प्रहरी, वन उपभोक्ताहरुसित पनि समन्वय हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

त्यसैगरी कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बर्सेनि डढेलो लाग्ने गरेको छ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज प्रशासनले पनि डढेलो नियन्त्रणका लागि पूर्वतयारी गरेको जनाएको छ ।