२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु साहविरूद्ध रेखा झाले दिइन् उजुरी



अ+ अ-

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य रेखाकुमारी झाले स्थायी कमिटी सदस्य प्रभु साहविरूद्ध पार्टीमा उजुरी दिएकी छन् ।

बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा सांसद झाले आफ्नो गृह जिल्ला रौतहटमा साहले मनोमानी गरेको आरोप लगाउँदै उजुरी दिएकी हुन् ।

रौतहटमा जिल्ला अधिवेशनका बेला हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको उनले आरोप लगाएकी छन् ।

रौतहट जिल्लाको अधिवेशन फेरि हुनु पर्ने मागसहित उनले उजुरी दिएकी हुन् ।