२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार देखि गोपिकृष्णका ओम, नमः र शिवाय हल सञ्चालनमा आउने



अ+ अ-

काठमाडौं । गोपिकृष्ण मुभिजले ओम, नमः र शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउने भएको छ । चावहिलको गोपिकृष्ण नगरस्थित गोपिकृष्ण मुभिजले भोलि चैत ११ गते शुक्रवारदेखि ओम, नमः तथा शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउन लागेको हो ।

‘नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सफल भएको सिनेमा हल गोपिकृष्ण मुभिज प्रालि अहिले गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सका रुपमा विस्तारित हुँदै गरेको सर्वविदितै छ, विज्ञप्तीमा भनिएको छ – ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजले नयाँ संरचना निर्माण थालनी गरेता पनि दर्शकहरु दैनिक रुपमा गोपिकृष्ण सिनेमा हलमा चलचित्र हेर्न आएर त्यसै फर्किनु परेको असुविधालाई मध्यनजर गर्दै गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सको निर्माणलाई जारी राख्दै यही मिटि चैत ११ गते शुक्रवारदेखि ओम, नमस् र शिवाय हललाई आवश्यक मापदण्ड पालना गरी सञ्चालनमा ल्याउने भएका छौं ।’

गोपिकृष्ण मुभिज प्रालिका निर्देशक निरक पौडेलले एक प्रेस विज्ञप्ती जारी गर्दै शुक्रवारदेखि आवश्यक मापदण्ड पालना गर्दै तीन वटा हल सञ्चालनमा ल्याउने जानकारी दिएका छन् ।

गोपिकृष्ण मुभिज प्रालि अहिले गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सका रुपमा विस्तारित गर्दै छ । ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजले नयाँ संरचना निर्माण थालनी गरेता पनि दर्शकहरु दैनिक रुपमा गोपिकृष्ण सिनेमा हलमा फिल्म हेर्न आएर त्यसै फर्किनु परेको असुविधालाई मध्यनजर गर्दै ३ वटा हल संचालनमा ल्याएको हो ।

शुक्रवारदेखि गोपिकृष्णमा कश्मिर फाइल्स, आरआरआर तथा चिसो एष्ट्रे प्रदर्शन हुनेछन् । गोपिकृष्ण आरजिबीमा हरेक दिन बिहान ८ बजेदेखि राति ८ बजेसम्म दैनिक १२ वटा शो सञ्चालनमा आउने छन् । यसका साथै सिनेमा हलको क्याफटेरियासमेत पूर्ण रुपमा सञ्चालनमा आउने छ ।

कुल पाँच सय सिट क्षमताका साथ सञ्चालनमा आउने गोपिकृष्ण आरजिबी सिनेमा हलमा प्रत्येक घण्टा शोहरु सञ्चालन हुनेछन् । यी सिनेमा हलमा सिमिति समयका लागि टिकट दर तीन सय रुपैयाँ कायम गरिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।