२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगत्लाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुुपर्ने बताउनुभएको छ ।

सञ्चारिका समूहको आठौँ अधिवेसन तथा २५औँ वार्षिक साधारणसभामा उहाँले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । राज्यका कुरा जनतामा र जनताका विषय राज्यसम्म पुर्‍याउन सञ्चार माध्यमको भूमिका रहेको उपराष्ट्रपति पुनको भनाइ छ ।

पछिल्लो समय सञ्चारमाध्यमप्रति नागरिकको गुनासो उत्तिकै रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकमा चेतना बढ्दा गुनासा बढिरहेकाले त्यो सम्बोधन गर्न लाग्नुपर्छ ।” पत्रकार आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सजग रहनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिनुभयो । सञ्चारमाध्यमले आम नागरिकको रचनात्मक, चेतनात्मक र आलोचनात्मक चेत विकास गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

पत्रकार महिलाको घरपरिवार र कार्यस्थलमा गरी दोहोरो जिम्मेवारी रहने गरेको उहाँले बताउनुभयो । पत्रकार महिलाले दूरदराजमा रहेका हिंसापीडित महिलाका बारेमा आवाज उठाउनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिनुभयो । पत्रकार महिलाले नै पीडित महिलाका पीडा बुझ्नसक्ने उहाँको भनाइ छ ।

सञ्चारिका समूहकी अध्यक्ष नीतु पण्डित, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय सूचना आयोगका पूर्व सदस्य यशोदा तिमल्सिना, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, पत्रकारद्वय निर्मला शर्मा र बबिता बस्नेतले सञ्चारिकाको आगामी नेतृत्वले संस्थाको छवि अझै उँचो बनाउने विश्वास व्यक्तगर्नुभयो ।