२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैर आवासिय नेपालीहरुलाई आफ्नो ज्ञान, सिप र धन नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासिय नेपालीहरुलाई आफ्नो ज्ञान, सिप र धन नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । शनिवार १० औँ गैर आवासिय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले गैर आवासिय नेपालीहरुलाई आफ्नो ज्ञान, सिप र धनलाई रोजगारी, पुँजि र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो । उहाँले नविकरणीय ऊर्जा र हरित विकासलाई प्रवद्र्धन गर्नेगरी लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गैर आवासिय नेपालीहरुको ज्ञान, सिप, पुँजि र सञ्जाललाई देशको आर्थिक, सामाजिक विकासमा उपयोग गर्ने सरकारको नीति रहेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘गैर आवासिय नेपालीहरुको ज्ञान, सिप, पुँजि र सञ्जाललाई मुलुकको सामाजिक, आर्थिक विकासमा उपयोग गर्ने नीति नेपाल सरकारले अवलम्वन गरेको छ ।

लामो समयसम्म नेपालको विकासको गति जनअपेक्षा अनुरुप कायम हुन नसकेको हुँदा समयले हामीलाई उछिन्दै गएको छ । प्राकृतिक स्रोत र साधनले सम्पन्न हाम्रो मुलुकले अपेक्षित गतिमा आर्थिक प्रगती हासिल गर्ने क्रममा सामना गर्नु परिरहेका चुनौतीबारे तपाईहरु जानकार नै हुनुहुन्छ । अध्ययन, व्यवसाय र रोजगारीका सन्दर्भमा विदेश गई तपाईहरुले मेहनतपूर्वक आर्जन गर्नुभएको ज्ञान, सिप र धनलाई नेपालमा रोजगारी, पुँजि र उत्पादकत्व वृद्धि हुने क्षेत्र खोजेर लगानी गर्न मेरो आग्रह छ ।

आर्थिक विकास र लगानीको चर्चा गर्दा हामीले दिगो विकासको अवधारणालाई आत्मसात् गर्नुपर्दछ । जलवायु परिवर्तनका कारण सम्पूर्ण विश्व नै संकटउन्मुख भएकोले मानव सभ्यताको सामु ठुलो चुनौती खडा भएको छ । हामीले गर्ने पूर्वाधार विकासको कार्य प्रकृतिको सन्तुलन जोगाउँदै जिवन र जगतको सुरक्षा गर्न सक्षम हुनुपर्दछ । त्यसैले तपाईहरुले रोज्ने लगानीको क्षेत्र नविकरणीय ऊर्जा र हरित विकासलाई प्रवद्र्धन गर्नतर्फ समेत केन्द्रीत हुन सक्नुपर्दछ ।’

राष्ट्रपति भण्डारीले संविधानले गैर आवासिय नेपालीहरुलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासिय नेपाली नागरिकता प्रदान गर्ने परिकल्पना गरेको उल्लेख गर्दै आवश्यक कानूनको निर्माण पश्चात् सो व्यवस्था लागु हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली कला, संस्कृति, भाषा, भेषभुषा र परम्परालाई विदेशमा जन्मे हुर्केका भावि पुस्तामा पनि जिवित राख्नेमा आशा व्यक्त गर्नुभयो । उहाँले नेपालमा आपत–विपत पर्दा गैर आवासिय नेपालीहरुको ठुलो साथ र सहयोग रहेको भन्दै त्यसप्रति सम्मान व्यक्त गर्नुभयो ।