२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसिन सरसफाईका लागि पशुपति बिस्कुटको उत्पादन बन्द



अ+ अ-

काठमाडौं । लामो इतिहास बोकेको सुनसरीको दुहबीमा संचालित श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ ।

प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको इतिहाससँग जोडिएको यो बिस्कुट उद्योगको उत्पादन प्रक्रिया १५ दिनका लागि बन्द गरिएको हो ।

बिस्कुट पकाउने ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको बिएलसी होल्डिङ प्रालिका संस्थागत संचार विभाग प्रमुख सोमनाथ बास्तोलाले एक विज्ञप्तिमार्फत प्रष्ट पार्नुभएको छ ।

उहाँले आज जारी गर्नुभएको विज्ञप्तिमा सुनसरीको दुहबीमा वि.सं. २०३० सालबाट संचालित ‘श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि’ मेसिनहरुको सरसफाई र केही स्टकहरु समेत क्लियरेन्स भएपछि पुनः उत्पादन प्रक्रिया थालिने जानकारी दिइएको छ ।

प्रेस विज्ञप्ति
सुनसरीको दुहबीमा संचालित ‘श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि बन्द’ भन्ने आशयबाट केही संचारमाध्यममा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचारहरुमा उल्लेख गरिएजस्तो पशुपति बिस्कुट उद्योग अनिश्चितकालका लागि बन्द भन्ने विषयमा सत्यता नभएको यसै विज्ञप्तिमार्फत प्रष्ट पार्न चाहन्छौं ।

समाचारहरुमा उल्लेख भएजस्ता कारणले उद्योग बन्द भएको नभई केही दिनका लागि उत्पादन प्रक्रिया मात्र बन्द गरिएको हो । ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको प्रष्ट पार्न चाहन्छौं ।

यस्तै, समाचारहरुमा आफ्नो नाम जोडिएकोमा उद्योगका संचालक बसन्त चौधरीले दुःख प्रकट गर्नुभएको छ । ‘संचारमाध्यमहरुले मसँग कुरा नै नगरी अनावश्यक रुपमा मेरो नाम उदृत गरेकोप्रति दुःख प्रकट गर्दछु ।’ उहाँले भन्नुभएको छ ।
२०७८ चैत १६ गते

सोमनाथ बास्तोला
प्रमुख–संस्थागत संचार विभाग
बिएलसी होल्डिङ प्रालि
थापाथली, काठमाण्डौ