२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले रेल्वे सेवाको उद्घाटन गर्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट आज नेपाल रेल सेवाको उद्घाटन गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साँढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट सो रेल सेवाको अर्चुअली उद्घाटन गर्नु हुने भएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले यस अघि नै संचालनमा आएको सो रेल सेवा विस्तारसहित पुनः संचालनका ल्याउन लागिएको र त्यसको औपचारिक उद्घाटन प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअली संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो । त्यसका लागि जनकपुर रेल्वे स्टेशनमा मण्डल निर्माण गरिएको छ । जयनगरमा अतिविशष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उदघाटन कार्यक्रम देखाइने छ ।

त्यसपछि दुवै देशका प्रधानमन्त्रीले उदघाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ । प्रत्येक स्टेशनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन । उनीहरुलाई समेत त्यही रेलमा चढाएर कुर्था ल्याइनेछ । कुर्थामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल चढेर जनकपुरसम्म आउने र त्यहाँ उदघाटनको अन्य कार्यक्रम गरिने कार्य तालिका रहेको छ ।

रेल संचालनका लागि सबै प्रकारको आवश्यक तयारी पूरा भईसकेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले रेल्वे संचालन भएपछि धनुषाका स्थानियबासीहरुलाई यातायातको सहजता आउनुका साथै उनीहरुलाई आवतवापत गर्न निकै सुविधा हुने बताउनु भयो ।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ । यता रेल्वे संचालन र उदघाटन हुन लागेपछि स्थानियबासीहरुलाई यातायातामा सहजता आउने स्थानीय अवधेस कामतको कथन रहेको छ ।

नेपाल रेलवेको उद्घाटन भएपछि त्यसको आईतबारदेखि दैनिक रुपमा दुई पटक आउने र जाने गरि रेल चल्ने महाप्रबन्धक झाले बताउनु भयो । बिहान साँढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ भने दुई घण्टापछि कुर्था स्टेशनमा पुग्नेछ । त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि निस्कने छ । सो रेल साँढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताउनु भयो ।

जयनगर गएको रेल पूनः ३ बजे फर्केर आउने छ भने बिहान साँढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरि रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताउनु भयो ।

उहाँले यसरी नै रेल्वे नियमित रुपमा सञ्चालन हुने महाप्रबन्धक झाले बताउनुभयो । गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुबिहीन) रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ ।