२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः बैंगलोरले राजस्थानलाई चार विकेटले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ ।

मुम्बईको वानखेडेमा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा तीन विकेट गुमाएर १६९ रन बनाएको थियो ।

जवाफमा बैंग्लोरको टोलीले १९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो। दिनेश कार्तिक र शाहबाज अहमदको सानदार प्रदर्शनले बैंगलोरले खेल आफ्नो पक्षमा पार्यो ।

एक समयमा बैंगलोरको टोलीले १२.३ ओभरमा ८७ रनमा पाँच विकेट गुमाएको थियो । त्यसपछि कार्तिक र शाहबाजले ३३ बलमा ६७ रनको साझेदारी गर्दै खेल बैंग्लोरको पोल्टामा पुर्याएका थिए । कार्तिकले २३ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै अविजित ४४ रन बनाए । सोही क्रममा शाहबाजले २६ बलमा ४५ रनको इनिङ खेले ।

यस आईपीएलमा राजस्थान रोयल्सको यो पहिलो हार हो । टोली तीन खेलबाट दुई जित र एक हारसहित चार अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । नेट रन रेटमा राजस्थान अग्रस्थानमा छ । यस्तै, रोयल च्यालेन्जर्स बैंग्लोर तीन खेलबाट दुई जित र एक हारसहित चार अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा छ ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानको सुरुवात खराब रह्यो । यशस्वी जैसवाल चार रन बनाएर आउट भए । उनलाई डेभिड विलीले क्लिन बोल्ड गरे । यशस्वी ६ बलमा चार रन बनाएर आउट भए । त्यसपछि देवदत्त पडिक्कलले दोस्रो विकेटका लागि जोस बटलरसँग ४९ बलमा ७० रनको साझेदारी गरे ।

यस क्रममा राजस्थानको इनिङ्सको सातौं ओभरमा बटलरले दुई जीवनदान पाएका थिए । एउटा क्याच आकाश दीपले आफ्नै बलिङमा र अर्को डेभिड विलीले छोडे । अर्को बलमा बटलरले छक्का प्रहार गर्दै बैंगलोरलाई दबाबमा राखे । हर्षल पटेलले पडिक्कल र बटलरको साझेदारी तोडेका थिए । हर्षलले पडिक्कललाई कोहलीको हातबाट क्याचआउट गराए ।

पडिक्कल २९ बलमा ३७ रन बनाएर आउट भए । जसमा दुई चौका र दुई छक्का समावेश थिए । यसपछि कप्तान सञ्जु सामसन आठ बलमा आठ रन बनाएर आउट भए । ८६ रनमा तीन विकेट गुमेपछि बटलर र शिमरोन हेटमायरले राजस्थानलाई २० ओभरमा १६९ रनमा पुर्याए ।

जसमा बटलरले आफ्नो आईपीएल करियरको १२ औं अर्धशतक बनाए । उनले ४७ बलमा ७० रन बनाएर अविजित रहे । जसमा ६ छक्का सामेल छन् । उनले हेटमायरसँग ५१ बलमा ८३ रनको अविजित साझेदारी खेले । उनीहरुले अन्तिम ५ ओभरमा ६६ रन बनाएर राजस्थानको लक्ष्यलाई उकासेका थिए ।

अन्तिम ओभरमा बटलर र हेटमायरले मिलेर २३ रन बनाए । हेटमायरले ३१ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै अविजित ४२ रन बनाए । बैंगलोरका लागि डेभिड विली, हसरङ्गा र हर्षलले एक एक विकेट लिए ।

१७० रनको लक्ष्य पछ्याएको रोयल च्यालेन्जर्स बैंग्लोरको टोलीले राम्रो सुरुवात गरेको थियो । कप्तान फाफ डु प्लेसिस र अनुज रावतले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरे । युजवेन्द्र चहलले आफ्नो पुरानो टोलीलाई पहिलो झटका दिए । उनले डु प्लेसिसलाई बोल्टको हातमा क्याच आउट गराए । उनले २० बलमा २९ रन बनाउन सके । त्यसपछि अनुज रावत पनि ६१ रन बनाएर पभिलियन फर्किए ।

नवदीप सैनीले रावतलाई सामसनको हातमा क्याच आउट गराए । उनले २५ बलमा २६ रन बनाउन सके । विराट कोहली ६२ रनमा रनआउट भए । बैंगलोरको इनिङ्सको नवौं ओभरको चौथो बलमा डेभिड विलीले प्रहार गरेका थिए । त्यसपछि कोहली रन लिन दौडे । त्यतिन्जेल चहलले सामसनको थ्रोमा कोहलीलाई रनआउट गरेका थिए । कोहलीले ६ बलमा ५ रन बनाउन सके । चहलले आफ्नो पुरानो कप्तानलाई आउट बनाए । अर्को बलमा उनले डेभिड विलीलाई क्लिन बोल्ड गरे । विली शून्य रनमा आउट भए ।

बैंग्लोरले ६२ रनसम्म चार विकेट गुमाएको थियो । नवदीप सैनीको बलमा शेर्फेन रदरफोर्ड पनि पाँच रनमा आउट भए । ८७ रनमा पाँच विकेट खसेपछि शाहबाज अहमद र दिनेश कार्तिकले खेललाई आफ्नो पक्षतर्फ डोर्याए । दुवैले छैटौं विकेटका लागि ३३ बलमा ६७ रनको साझेदारी गरे । १४ औं र १५ औं ओभरमा बैंगलोरले ३७ रन बनाएको थियो । अश्विनले १४ औं ओभरमा २१ रन र १५ औं ओभरमा नवदीप सैनीले १६ रन लिए । यहीँबाट खेल मोडियो ।

शाहबाजले २६ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ४५ रनको उत्कृष्ट इनिङ खेले । उनलाई ट्रेन्ट बोल्टले बोल्ड गरेका थिए । दिनेश कार्तिकले २३ बलमा ४४ रनको इनिङ खेले । जसमा सात चौका र एक छक्का समावेश थियो। राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले समान २–२ विकेट लिए । नवदीप सैनीले एक विकेट लिए ।

आजको खेलः कोलकाता नाइट रायडर्सविरुद्ध मुम्बई इन्डियन्स – ७ः४५ बजे

 




भर्खरै