२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल इतिहासमै ‘रिटायर्ड आउट’ हुने पहिलो ब्याट्सम्यान बने अश्विन



अ+ अ-

एजेन्सी । आइतबार राजस्थान रोयल्स र लखनउबीच भएको खेलमा राजस्थानको इनिङ्समा आर अश्विनले रिटायर्ड आउट (सन्यास) लिएका थिए । अश्विनले इनिङ्सको १९ औं ओभरमा यो निर्णय लिएका हुन् । खेलको अन्तिम ओभरमा उनको ब्याटबाट ठूला शट निस्किरहेका थिएनन् । उनले स्ट्राइक मात्र घुमाएका थिए ।

उनले ब्याटिङको सुरुवात राम्रो गरेपनि पछि बल बाउन्ड्री पार गर्न सकेनन् । जसका कारण अश्विनले अचानक यो निर्णय लिए र अम्पायरलाई बताएपछि ड्रेसिङ रुममा गए । रुने मैदानमा उत्रिए । उनको स्थानमा रियान पराग ब्याटिङमा आए ।

आश्विन आईपीएलको इतिहासमा सन्यास लिने पहिलो खेलाडी बनेका छन् । यस्तै, उनी टी–२० क्रिकेटमा यस्तो गर्ने चौथो खेलाडी बने । अश्विनको यो निर्णयको सर्वत्र प्रशंसा भइरहेको छ । उनले टोलीको हितमा यो निर्णय गरेका हुन् ।

राजस्थानको ६७ रनमा ४ विकेट खसेको थियो । त्यसपछि अश्विनले हेटमायरसँग ५औं विकेटका लागि ६८ रनको महत्वपूर्ण साझेदारी खेले । अश्विनले २३ बलको सामना गर्दै २८ रन बनाए । उनले दुई उत्कृष्ट छक्का पनि प्रहार गरे । उनले हेटमायररसँग विकेट बचाएपछि मात्र राजस्थानको टोलीले २० ओभरमा १६५ रन बनायो ।

टी– ट्वान्टी क्रिकेटमा रिटायर्ड आउट हुने खेलाडीहरु –
आर अश्विन (राजस्थान रोयल्स) २०२२
सुनझमुल इश्लाम (बंगलादेश) २०१९
सोनम तोबगे (भुटान) २०१९
शाहिद अफ्रिदी (पाकिस्तान) २०१०