२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा नेपाललाई ५७ लाख सिरिन्ज र नौ वटा एक्स–रे मेसिन सहयोग



अ+ अ-

काठमाडौँ । केरुङ–रसुवागढी नाका हुँदै चीनको परराष्ट्र मन्त्रालयले दिएको ५७ लाख सिरिन्ज र नौ वटा एक्स–रे मेसिन नेपाल आइपुगेको छ ।

गत चैत दोस्रो साता नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा नारायण खड्काबीच सम्पन्न द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर गरेका थिए । सोही समझदारीअन्तर्गत नेपाललाई कोभिड महामारीलाई हटाउन चीन सरकारले उक्त सहयोग गरेको हो ।

नेपालस्थित चिनियाँ राजदूत हाउ यान्कीले ट्विट गर्दै दुई मुलुकका विदेशमन्त्रीबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा महामारीलाई पूर्णरूपमा परास्त गर्ने कार्यमा भौतिक सहयोग प्रदान गर्न जारी राख्नेछौँ।”