२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले सानदार जित निकालेको छ । मंगलबार मध्यरातमा भएको खेलमा लिभरपुल म्यान्चेस्टर युनाइटेडविरुद्ध ४–० गोलले विजयी बन्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई गोल गरे भने लुईस डियाज र साडियो मानेले एक–एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा नै लिभरपुलले डियाजको गोलबाट अग्रता बनाएको थियो । २२ औं मिनेटमा सलाहले गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै, ६८ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–० को स्थितीमा पुर्याए । ८५ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए ।

लिभरपुलले ३२ खेलबाट ७६ अंक जोडेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ७४ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तै, ३३ खेलबाट युनाइटेड ५४ अंकसहित छैटौं स्थानमा रहेको छ ।