२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः बैंगलोरले लखनउलाई १८ रनले हरायो



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले शानदार जित दर्ता गरेको छ ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलोरले लखनउ सुपर जाइन्ट्सलाई १८ रनले पराजित गरेको हो । मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको खेलमा बैंगलोरले १ सय ८१ रनको सफलता पूर्वक रक्षा गर्दै लखनउलाई १६३ रनमा सीमित गर्यो ।

बैंगलोरले यो सिजनको पाँचौं जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बैंगलोरका लागि फाफ डु प्लेसिसले ९६ रन बनाए भने जोस हेजलउडले चार विकेट लिए ।

रोयल च्यालेन्जर्स बैंग्लोरलाई दिएको १८२ रनको लक्ष्य पछ्याएको लखनउ सुपर जाइन्ट्सको सुरुवात राम्रो हुन सकेन । टोलीका ओपनर क्विन्टन डी कक मात्र तीन रनमा आउट भए र लखनउले १७ रनको स्कोरमा आफ्नो पहिलो विकेट गुमाएको थियो । यसपछि मनिष पाण्डेले पनि खासै केही गर्न सकेनन् । उनी ६ रन बनाएर पभिलियन फर्किए । दुवै खेलाडीलाई जोस हेजलवुडले आउट गरेका थिए ।

त्यसपछि कप्तान केएल राहुलले केही द्रुत शट खेलेर इनिङ्सलाई अगाडि बढाउने प्रयास गरे । तर, उनी पनि ३० रन बनाएर आउट भए । उनलाई कार्तिकको हातबाट हर्षल पटेलले क्याच आउट गराएका थिए ।

एक समयमा लखनउको टोली ६४ रनमा तीन विकेट गुमाएपछि समस्यामा परेको थियो । तर क्रुणाल पाण्ड्या र दीपक हुड्डाले चौथो विकेटका लागि ३६ रनको साझेदारी गरे । हुड्डा केही समयमै १३ रन बनाएर आउट भए । त्यसपछि क्रुणाल पाण्ड्याले पनि २८ बलमा ४२ रन बनाएर अगाडि बढे । क्रुणाल बाहेक अरु कुनै खेलाडीले लामो समय टिक्न सकेनन् र प्रत्येक अन्तरालमा विकेटको पतनका कारण लखनउको टोलीले २० ओभरमा आठ विकेट गुमाएर १६३ रन मात्रै बनाउन सक्यो ।

यसअघि लखनउको टोलीले टस जितेर बैंगलोरलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । बैंगलोरको खराब सुरुवात रह्यो । पहिलो ओभरमा अनुज रावत र विराट कोहली दुवै पभिलियन फर्किए । दुवैलाई लगातार दुई बलमा दुष्मन्त चमिराले आउट गरे । विराट पहिलो बलमै खाता नखोल्दै आउट भए ।

बैंग्लोरको टोलीले सात रनको स्थितीमा दुई विकेट गुमाएको थियो । तर, फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले उत्कृष्ट शट खेल्दै २६ बलमा ३७ रनको साझेदारी गरे । यद्यपि, म्याक्सवेल ११ बलमा २३ रन बनाएर पभिलियन फर्किए । उनलाई क्रुणालले आउट पारेका थिए । यसपछि सुयश प्रभुदेसाई पनि छिट्टै पभिलियन फर्किए ।

६२ रनमा चार विकेट गुमाएपछि बैंगलारको टोली एक समय समस्यामा परेको थियो । तर डु प्लेसिस र शाहबाज अहमदले पाँचौं विकेटका लागि ७० रनको बलियो साझेदारी गर्दै टोलीको स्कोर १३२ रनमा पुर्याएका थिए । शाहबाज २२ बलमा २६ रन बनाएर आउट भए । अर्कोतर्फ, डु प्लेसिसले रन बनाउने क्रम जारी राख्दै आफ्नो अर्धशतक पूरा गरे । उनी अन्तिम ओभरमा ६४ बलमा ९६ रन बनाएर आउट हुँदा दिनेश कार्तिक आठ बलमा १३ रन बनाएर अविजित रहे ।

आजको खेलः दिल्ली क्यापिटल्सविरुद्ध पञ्जाब किंग्स – ७ः४५ बजे

 




भर्खरै