२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः पञ्जाबद्वारा चेन्नई ११ रनले पराजित, शिखर धवनको ६ हजार रन पूरा



अ+ अ-

एजेन्सी । आईपीएलको ३८ औं खेलमा, पञ्जाब किंग्सले चेन्नई सुपर किंग्स विरुद्ध ११ रनले शानदार जित दर्ता गरेको छ ।

मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा पञ्जाबले १८७ रनको सफलताको रक्षा गर्दै चेन्नईलाई १७६ रनको स्कोरमा सीमित गरेको हो ।

यो सिजन पञ्जाबसँग चेन्नईको यो लगातार दोस्रो हार हो । मयंक अग्रवालको नेतृत्वमा रहेको पञ्जाब यो जितसँगै अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

पञ्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नईको सुरुवात राम्रो रहेन । उसले ४० रनमा शीर्ष तीन विकेट गुमायो । रोबिन उथप्पा, मिचेल सान्टनर र शिवम दुबे सबै सस्तोमा पेभिलियन फर्किए । त्यसपछि अम्बाती रायुडुले ऋतुराज गायकवाडसँग मिलेर इनिङ्सलाई सम्हाले र चौथो विकेटका लागि ५९ रनको साझेदारी गरे । तर, गायकवाडले २७ बलमा ३० रन बनाएर आउट भए । अर्कोतर्फ रायुडुले सानदार रन बनाएर आफ्नो अर्धशतक पुरा गरे ।

यस क्रममा रायुडूले १७ औं ओभरमा सन्दीप शर्माको ओभरमा लगातार तीन छक्का प्रहार गर्दै २३ रन बनाएर चेन्नईलाई खेलमा फर्काएका थिए । तर यसपछि अर्शदीप सिंह र कागिसो रबाडाले सटीक बलिङ गर्दै चेन्नईको रनलाई नियन्त्रणमा राखे र रायडुलाई पनि आउट गरे । चेन्नईलाई अन्तिम ६ बलमा २७ रन चाहिएको थियो तर १५ रन मात्रै बनाउन सक्यो । चेन्नईका लागि रायुडुले सर्वाधिक ७८ रन बनाए । पञ्जाबका लागि रबाडा र ऋषि धवनले समान २–२ विकेट लिए ।

चेन्नई सुपर किंग्सका कप्तान रविन्द्र जडेजाले टस जितेर पन्जाबलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । तर, पञ्जाबको सुरुवात खास भएन र छैठौं ओभरमा कप्तान मयांक अग्रवाल १८ रन बनाएर पेभिलियन फर्किए । त्यसपछि शिखर धवनले भानुका राजपाक्षेसँग दोस्रो विकेटका लागि ११० रनको साझेदारी गरे । धवनले यस अवधिमा आफ्नो ४६औं अर्धशतक पूरा गर्नुका साथै आफ्नो २०० औं आईपीएल खेलमा ६००० रन पनि पूरा गरे ।

राजापाक्षेले आफ्नो अर्धशतक पूरा गर्न नसके पनि महत्वपूर्ण इनिङ खेले र ३२ बलमा ४२ रन बनाएर आउट भए । १८औं ओभरमा उनी ब्राभोको बलमा क्याच भएर पेभिलियन फर्किए ।

यस्तै, धवनले लियाम लिभिङस्टोनसँग मिलेर द्रुत गतिमा रन बनाए । दुबैले अन्तिम दुई ओभरमा ३५ रन जोडेर टोलीको स्कोर १८७ मा पुर्याएका थिए । धवनले ५९ बलमा ८८ रन बनाएर अविजित रहे । जहाँ लिभिङस्टोनले तीव्र गतिको इनिङ्स खेल्दै सात बलमा १९ रन बनाए । चेन्नईका लागि ड्वेन ब्राभोले सर्वाधिक दुई विकेट लिए ।