२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगका सेमिफाइनल खेल आजदेखि, म्यान्चेस्टर सिटी र रियल मड्रिड भिड्दै



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगका सेमिफाइनल खेल आज मंगलबारदेखि सुरु हुँदैछन् । दुई चरणमा हुने सेमिफाइनलमा यसपटक इंग्ल्यान्डका दुई टिम र स्पेनका दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

आज मध्यरातमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडलाई इतिहाड मैदानमा निम्तो दिएको छ । यी दुई टिमबीचको खेल मध्यरात १२ः४५ बजे सुरु हुनेछ ।

म्यान्चेस्टर सिटीले क्वाटरफाइनलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई समग्रमा १–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

अर्कोतर्फ रियलले इंग्लिस क्लब चेल्सीलाई समग्रमा ५–४ गोलको नतिजासहित सेमिफाइनमा स्थान बनाएको हो ।

आफ्ना घरेलु लिगमा दुबै टिम शीर्ष स्थानमा रहेका छन् । तसर्थ यी दुईटीमबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ । रियल स्पेनिस लिग ला लिगामा शीर्ष स्थानमा रहँदै लगभग उपाधि उचाल्नेतर्फ अग्रसर रहँदा सिटी भने इंग्लिस प्रिमियर लिगमा उपाधिका लागि संघर्षरत छ । उसलाई लिभरपुलले पछ्याइरहेको छ ।

दुबै टोली आजको खेलमा जित निकाल्दै दोस्रो चरणका लागि सहज वातावरण बनाउन चाहन्छन् । दोस्रो चरणको खेल मे ५ मा रियलको मैदान सान्टियागो बर्नबेउमा हुनेछ ।