२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस घोषणापत्रको बारेमा ओलिको टिप्पणी लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’ – प्रदीप पौडेल



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’को संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै कांग्रेस केन्द्रीय सदस्य पौडेलले ओलीले आफ्नो सरकारका काण्डहरुको जति बचाउ गर्‍यो उत्ति नै नाङ्गिदै जाने समेत बताएका छन् ।

५ वर्ष सरकार सञ्चालन गर्न जनताले दिएको मत र मेण्डेटलाई तिरस्कार गरेर संविधान मास्ने सम्मको कुकर्म छोप्न अरूलाई गलिगौलच गरेर रक्षात्मक बन्न खोज्नु दरिद्रता रहेको समेत नेता पौडेलको आरोप छ ।

प्रदीप पौडेल लेख्छन् –
कांग्रेस घोषणापत्रको बारेमा ओलिको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो । राजनीतिक मर्यादा र निर्वाचनको संवेदनशीलताको सामान्य हेक्का नराखी खर्चिएका सस्ता शब्द कुण्ठाका पराकाष्टा हुन्। आफ्नो सरकारले विगतमा गरेका काण्डहरुलाई जति बचाउँ गर्छन् उति नाङ्गिदै जान्छन् ।
५ वर्ष सरकार सञ्चालन गर्न जनतले दिएको मत र मेण्डेटलाई तिरस्कार गरेर संविधान मास्ने सम्मको कुकर्म छोप्न अरूलाई गलिगौलच गरेर रक्षात्मक बन्न खोज्नु दरिद्रता हो । मत लिनका लागि घोषणापत्रमा निराधार र सतही सपना छर्ने, जनमतको कदर गर्न नसक्ने र वाचा गरिएका न्यूनतम कुरा पनि पुरा गर्न नसकेपछि अरूलाई आक्रोश पोख्ने कुरा लज्जाको विषय हो । यस्तो दरिद्रता देखाएर मत माग्ने जो कोहीलाई जनताले स्वतः अस्वीकार गर्नेछन् ।
जय नेपाल ।