२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका मकवानपुर अध्यक्ष पोखरेलले पार्टी छाडे



अ+ अ-

काठमाडौं । नेकपा एकिकृत समाजबादी(एस)का मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले राजीनामा दिनु भएको छ ।

आज एक पत्रकार सम्मेलन गर्दे पोखरेलले गठबन्धन कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने र निर्वाचित निकायलाई केही दलको सिण्डिकेटबाट भ्रष्टाचारको अखडा बनाउने नियत देखिएको भन्दै राजीनमा दिएको जानकारी गराउनु भएको छ ।

उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ‘८ महिनाअघि एमालेबाट भएको विद्रोह कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्रापितको महत्वाकांक्षा तथा पद प्राप्तिको चरम इच्छामात्र रहेछ भन्ने पुष्टि भयो ।’

पोखरेल सगै जिल्ला सचिवालय सदस्य देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र किसी र गोपालबहादुर स्याङ्तानले पनि पार्टी छाड्नु भएको छ ।