२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ औ एशियन गेम्सको लागि बक्सिङ्ग खेलाडी छनौट शुरु



अ+ अ-

काठमाडौं । नेपाल बक्सिंग संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गईरहेको १९ औ एशियन गेम्सका लागि यहि अप्रिल २७ देखि अप्रिल ३० तारिख सम्म अधिराज्यव्यापी प्रारम्भिक बक्सिङ्ग छनौट खेल शुरु गरेको छ ।

आज भएको प्रारम्भिक छनौट खेलमा फ्लाई वैट ५१ किलो महिला तर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ्गले नेपाल बक्सिंग क्लबका दीवाना शेर्मालाई नक आउटको आधारमा पराजित गरिन । त्यसै गरी सोहि तौल समुहमा आर्मीकै ललिता महर्जनले एपिएफका निता गोसाईलाई अंकको आधारमा पराजित गरिन । प्mलाई वैट तौल समुहमा भएको अर्को खेलमा नेपाल प्रहरीका रिता धरलाले बाग्मती प्रदेशका देनिका राईलाई अंकको आधारमा पराजित गरिन भने सोहि तौल समुहमा बाग्मती प्रदेशका सुस्मा तामाङ्गले बाग्मती प्रदेश ए कै अस्मिता दुवाललाई युनानिमस डिसिजनका आधारमा पराजित गरिन


त्यसै गरी महिला वैन्टम वैट तौल समुहमा बाग्मती प्रदेशका हेमा राई ले बागमती प्रदेश ए कै स्वस्तिका लाई स्पिलट डिसिजनका आधारमा पराजित गरिन ।

पुरुषका खेलहरुमा ५२ केजी तौल समुहमा बागमती प्रदेशका खेलाडी लक्ष्मण राईले आर्मीका खेलाडी जयन्त मैनालीलाई र नेपाल प्रहरीका खेलाडी चन्द्र बहादुर थापाले बागमती प्रदेशका खेलाडी रविन थापाललाई क्रमश ३:२ र ५ : ० अंकको आधारमा जित हात पारे ।

त्यसैगरी ५७ केजी तौल समुहमा नेपाल आर्मी बि का खेलाडी पुरन सुनुवारलाई नेपाल आर्मी ए का खेलाडी ईन्द्र बहादुर सुनारले वाक ओभरका आधारमा जिते ।

भने ६३ केजी तौल समुहमा गण्डकी प्रदेशका खेलाडी सागर परियारलाई नेपाल आर्मी ए का खेलाडी लालु आले मगरले ५:० अंकको आधारमा र सोहि तौल समुहमा बागमती प्रदेश ए का सुलभ मालिलाई बागमती प्रदेशका निशान दासले ४:१ अंकको आधारमा जित हासिल गरे ।

त्यसैगरी ७५ केजी तौल समुहमा बागमती प्रदेशका खेलाडी बिनिस राईलाई ललितपुरका खेलाडी साजन थिंङ तामाङले ३२ अंकको आधारमा र लुम्बिनी प्रदेशका खेलाडी बिकास राना मगरलाई बागमती प्रदेशका खेलाडी सनिल शाहीले ५:० अंकको आधारमा जित हात पारे ।

यस छनौट प्रतियोगितामा प्रतियोगिताका संयोजक एंव नेपाल बक्सिङ संघका अध्यक्ष राम अलाले, राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधि तथा तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक विष्णु बहादुर सिंह सहित नेपाल बक्सिङ संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।