१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको कमलनगरमा भिषण आगलागि, करोडौंको क्षति भएको अनुमान



अ+ अ-

चितवनः भरतपुरस्थित कमलनगरमा मध्यरातमा शुरु भएको आगलागिबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीयबासी र सुरक्षाकर्मीको प्रयासमा आज बिहान ७ बजे आगलागि नियन्त्रणमा आएको छ ।

अग्निनियन्त्रणका लागि चार वटा दमकलको सहयोग लिइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भरतपुर महानगरपालिका–३ कमलनगरस्थित तुल्सीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए । आगलागिको कारण खुलेको छैन ।

आगलागिबाट सो घरमा रहेका ६ वटा पसलका सामान जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगलागिबाट विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षति पुगेको छ ।