३० जेष्ठ २०८३, शनिबार
,
Latest
श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’ आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ताको घेराबन्दीमा मन्त्री: चुनाव भोलि फेरि पनि आउँछ, त्यतिबेला चुनाव जित्नुपर्दैन ?



अ+ अ-

काठमाडौं । पोखरामा कांग्रेस कार्यकर्ताले स्थानीय निर्वाचनमा गरिएको गठबन्धनप्रति असन्तुष्टि जनाएका छन् । पोखरा महानगरपालिकाका वडा तहमा गर्न लागिएको चुनावी गठबन्धनप्रति उनीहरुले तीव्र असन्तुष्टि प्रकट गरेका छन् ।

बिहीबार प्रदेशका कानूनमन्त्री विन्दुकुमार थापालाई घेरेर पोखरा वडा नं १८ र २४ का कांग्रेस कार्यकर्ताले ‘आज अर्कै चिह्नमा भोट हाल्न लगाउने, चुनाव भोलि फेरि पनि आउँछ, त्यतिबेला चुनाव जित्नुपर्दैन ?’ भन्दै आक्रोश पोखेका थिए ।

उनीहरुले एक्लै लडेर जित्ने अवस्था हुँदाहुँदै किन गठबन्धन गरेको भनी प्रश्न गरेका थिए । कार्यकर्ताले गठबन्धन गरे मन्त्रीलाई पनि नचिन्ने भन्दै कालो मोसो दलिदिने चेतावनी दिए ।