२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा परी तीनको मृत्यु



Symbolic Picture
अ+ अ-

गोरखा।गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी आज साँझ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिनुभयो ।

बा१४च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उहाँको भनाइ छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लीलाराज लामिछाने नेतृत्व प्रहरीको प्रहरी टोली घटनास्थल पुगिसकेको उहाँले बताउनुभयो । रासस