२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीसँग निर्वाचन आयोगका पदाधिकारीको भेट



अ+ अ-

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्वाचन आयोगससिहत सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले निर्वाचनको तयारीलगायत सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको भेटवार्तामा सो आग्रह गर्नुभएको हो । उहाँले निर्वाचनको तयारी सन्तोषजनक रहेको र उम्मेदवारलाई आफ्नो मताधिकारको निर्वाध प्रयोगका लागि सुरक्षा प्रबन्धममा विशेष सावधानी अपनाउन र आवधिक निर्वाचन गराउने वैधानिक दायित्व निर्वाह गर्नु आयोगलाई आग्रह गर्नुभयो ।

सो अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गत चैत निर्वाचन आचारसंहिता लागू भई तयारीका कार्य भइरहेकाबारे अवगत गराउनुभएको थियो । रासस