३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कूल गार्हस्थ्य उत्पादन: बागमतीको हिस्सा एक तिहाइ बढी हुने अनुमान



अ+ अ-

काठमाडौं । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको आव २०७८/७९ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनसम्बन्धी अध्ययनअनुसार कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६.९ प्रतिशत हुने अनुमान छ ।

गत आवमा राष्ट्रिय तहमा कूल गार्हस्थ्य उत्पादनको ३६.७ प्रतिशत हिस्सा ओगटेको थियो । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब रु ४८ खर्ब ५२ अर्ब हुने विभागको प्रक्षेपण छ । बागमती प्रदेशको कूल गार्हस्थय उत्पादन उपभोक्ता मूल्यमा करिब रु १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ ।

कूल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४।१ प्रतिशत छ । कर्णालीको उपभोक्ताको मूल्यमा रु एक खर्ब ९८ अर्बको हाराहारी हुने अनुमान गरिएको छ । चालु आवमा बागमतीपछि कूल गार्हस्थ्य उत्पादनमा बढी योगदान पु¥याउने प्रदेशमा क्रमशः प्रदेश १, लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश छन् ।

कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आवमा राष्ट्रिय तहमा उपभोक्ता मूल्यमा ५.८ प्रतिशत अनुमान गरिएकामा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६.७ प्रतिशत र मधेस प्रदेशको वृद्धिदर सबैभन्दा कम ४.८ प्रतिशत रहने अनुमान गरिएको छ । संशोधित अनुमानअनुसार गत आवमा बागमती प्रदेशको वृद्धिदर सबैभन्दा बढी ४.६ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा म ३.७ प्रतिशत रहेको थियो ।

औद्योगिक वर्गीकरणअनुसार गत आव र चालु आवमा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी छ । बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान बढी देखिन्छ । प्रदेशमा बढ्दो शहरीकरण, बढी जनसंख्या तथा राष्ट्रिय तहका ठूला व्यापारिक कारोबारका कारण व्यापार क्षेत्रको योगदान बढी देखिएको विभागले जनाएको छ ।

राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सामा कायमै छ । बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो छ । गण्डकी, कर्णाली, सुदूरपश्चिममा सार्वजनिक प्रशासन, सुरक्षा क्षेत्रको योगदान दोस्रो देखिन्छ । बागमती र मधेसबाहेक सबै प्रदेशको कूल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ ।

चालु आवको नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा अनुमानित तथ्याङ्क सार्वजनिक गरिएको विभागले जनाएको छ । अनुमानित तथ्याङ्कअनुसार सबै प्रदेशको आर्थिक क्रियाकलाप कोभिड–१९ महामारी सङ्क्रमणपश्चात सामान्य अवस्थातर्फ फर्कन खोजेको विभागको निष्कर्ष छ । रासस