२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक



अ+ अ-

काठमाडौं । आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रममा आसन्न नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्यसचिब टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा आयोजना गरिएको कार्यक्रममा लोगो र मस्कट सार्वजनिक गर्नु भएको हो ।

लोगो र मस्कट खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गर्नु भएको हो । लोगो डिजाइन गरेका भोलानाथले पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गर्नु भयो । त्यस्तै मस्कट डिजाइन गरेवापत उहाँले २५ हजार नगद प्राप्त गर्नु भयो । लोगो, मस्कट र नारा छनोटका लागि राखेपले एकेन्द्र कुँवरको संयोजकत्वमा कमिटि गठन गरेको थियो ।

सोही कार्यक्रममा सो खेलकुद प्रतियोगिताको नारा समेत सार्वजनिक गरिएयो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा रहेको छ । नारा सुयोग्य राज काफ्लेले रचना गर्नु भएको थियो । नारा बनाउने काफ्लेलाई १० हजार प्रदान गरियो । सिंगो राष्ट्रलाई खेलकुदको माध्यामबाट एकतावद्ध बनाउने सन्देशसहित सो प्रतियोगिताको नारा, मस्कट र लोगो सार्वजनिक गरिएको भन्दै त्यसका डिजाईनकर्ताहरु सुयोग्यराज काफ्ले र भोलानाथ पौडेललाई मन्त्री गहतराजले धन्यवाद व्यक्त गर्नु भयो । उहाँले सो खेलकुद प्रतियोगिताका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको जानकारी दिनु भयो ।

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । यस्तै दुई प्रर्दशनी खेल आयोजना गरिनेछ । एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई प्रतियोगितामा समावेश गरिएको छ । जसमा ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरेको छ ।




भर्खरै