२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीको सानदार जित, डि ब्रुएना एक्लैले गरे चार गोल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले वल्भ्सलाई उसकै मैदानमा ५-१ गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन केभिन डि ब्रुएनाले ह्याट्रिकसहित चार गोल गर्दा रहिम स्टर्लिंगले एक गोल गरे । वल्भ्सका लिन्डर डेन्डोनकरले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा बर्नाडो सिल्भाले उपलब्ध गराएको पासलाई डि ब्रुएनाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि १६ औं मिनेटमा स्टर्लिंगले प्रहार गरेको बल फर्किएर आयो जसलाई डि ब्रुएनाले गोलमा परिणत गरे । यस्तै, २४ औं मिनेटमा डि ब्रुएनाले डि बक्सबाहिरबाट सानदार गोल गर्दै ह्याट्रिक पूरा गरे ।

खेलको ६० औं मिनेटमा फिल फोडेनले क्रस गरेको बललाई डि ब्रुएनाले गोल गर्दै व्यक्तिगत चार गोल गर्न सफल रहे । ८४ औं मिनेटमा ज्याक ग्रिलिसले जोआओ कान्सेलोलाई पास दिएर कान्सेलोले स्टर्लिंगलाई चलाखीपूर्ण बल उपलब्ध गराए । स्टर्लिंगले मौकाको सदुपयोग गर्दै गोल गरे ।

जितसँगै सिटीले लिभरपुलसँग तीन अंकको अग्रता बनाएको छ । ३६ खेलबाट सिटीको ८९ अंक रहेको छ । समान खेल खेलेको वल्भ्स ५० अंकसहित आठौं स्थानमा रहेको छ । सिटी र लिभरपुल दुबैले अब दुई खेलमात्र खेल्न बाँकी रहेको छ ।