२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित



अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवनका एक पूर्वसांसद्सहित पाँच नेता तथा कार्यकर्तालाई निलम्बन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले चितवनस्थित भरतपुर–१ का पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई निलम्बन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर–४ का नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर–१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ का तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ का क्रियाशील सदस्य डा. केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो ।

यसअघि स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई पार्टीले निलम्बन गरेको थियो । पौडेलले पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का तर्फबाट मेयरमा उम्मेदवारी दिएकी रेनु दाहाल विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।