२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्थ लण्डन डर्बीः आर्सनललाई टोटेनहमले हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ‘नर्थ लण्डन डर्बी’मा टोटेनहम विजयी बनेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले आर्सनललाई ३-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई तथा सन हेउंग मिनले एक गोल गरे ।

खेलको २२ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । यस्तै, ४७ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरे ।

जितसँगै टोटेनहमले शीर्ष चारमा रहने सम्भावना कायमै राखेको छ । ३६ खेलबाट आर्सनल ६६ अंकसहित चौंथो स्थानमा रहँदा ६५ अंकसहित टोटेनहम पाचौँ स्थानमा छ ।