३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ वर्षमै पालिका अध्यक्षमा निर्वाचित



अ+ अ-

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय युवा अध्यक्षमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट अध्यक्ष पदमा निर्वाचित वशिष्ट गुप्ता २१ वर्षका छन् ।

उनले स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा तीन हजार ७४३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय पटेलले तीन हजार ६२६ मत प्राप्त गरे । गुप्ताले पटेललाई ११७ मतान्तरले पराजित गरेका हुन् ।

त्यस्तै उपाध्यक्ष पदमा कांग्रेसकी राजमती बरैनी निर्वाचित भइन् । राजमतीले तीन हजार ९८२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी सहानी खातुनले तीन हजार ८५९ मत प्राप्त गरिन् ।

कालिकामाई गाउँपालिकामा पाँच वडा रहेका छन् । निर्वाचनमा तीनवटा वडाको अध्यक्षमा जसपा, एउटा कांग्रेस र अर्को नेकपा ९एमाले० ले जित हासिल गरेका छन् ।