३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपा–४ मा एमालेको प्यानलै विजयी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उहाँ नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजय हुनुभएको हो ।

त्यसैगरी सदस्यमा एमालेका तर्फबाट नवीन मैनाली र सरु अधिकारी श्रेष्ठ विजयी हुनुभएको छ । महिला सदस्यमा सन्ध्यदेवी खनाल र दलित महिला सदस्यमा कलपना सार्की (वयल्कोटी) विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आठ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा प्यानलै विजयी भएका छन् ।

त्यसैगरी कामपाकै प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २० हजार ९९० मत प्राप्त गरी आफ्नो अग्रता कायम गरिरहँदा प्रमुखकै उम्मेदवार केशव स्थापितले ११ हजार ८३ मत प्राप्त गर्नुभएको छ । नेपाली कांगेसका तर्फबाट प्रमुखका उम्मेदवार सिर्जना सिंहले १० हजार २९८ मत पाउनुभएको छ ।

त्यस्तै उपप्रमुख पदका लागि एमालेका उम्मेदवार सुनिता डङ्गोल २० हजार ५९० मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेकपा (एकीकृत समाजवादी)का तर्फबाट रामेश्वर श्रेष्ठले सात हजार १९५ मत पाउनुभएको छ । कामपामा हालसम्म ५५ हजार १४६ मत गणना भइसकेको बताइएको छ ।