२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान दुतावासबाट ३०० नेपाली विद्यार्थीलाई छात्रबृत्ति प्रदान



अ+ अ-

काठमाडौ । नेपाल स्थित पाकिस्तान दुतावासले ३०० नेपाली विद्यार्थी लाई छात्रबृत्ति प्रदान गरेको छ । नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष हिमालय शम्शेर राणाले पाकिस्तान दूतावासले दिने छात्रवृत्ति प्रदान गर्नुभएको छ ।

नेपालस्थित पाकिस्तानी दूतावासले काठमाडौँको मेरियट होटलमा आयोजना गरेको १०औँ वार्षिक राजदूत छात्रवृत्ति कार्यक्रममा राणाले ३०० नेपाली विद्यार्थीलाई एम्बेसडर अफ पाकिस्तान स्कलरशिप प्रदान गर्नुभयो।

नेपालभरका सरकारी विद्यालयका योग्य/प्रभावशाली विद्यार्थीहरूलाई रु १० हजार बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो।

सो अवसरमा राणाले पाकिस्तानी दूतावासले दुई देशबीच विशेषगरी शिक्षाको क्षेत्रमा जनता–जनताबीच सम्पर्क अभिवृद्धि गर्न गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

उहाँले यो नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको बताउनुभयो । राणाले दुई देशका युवाहरूलाई नजिक ल्याउन दूतावासको प्रयासको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्ने र नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने संकल्प र इच्छा व्यक्त गर्नुभयो ।

सन् २०१३ मा सुरु भएको एम्बेसडर अफ पाकिस्तान स्कलरशिप कार्यक्रम विगतका वर्षहरूमा बढ्दै गएको र पाकिस्तान–नेपाल मित्रताको प्रतीकका रूपमा नेपाली युवाहरूमाझ लोकप्रिय बन्दै गएको पाकिस्तानी दूतावासले जनाएको छ।