३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हो संसारको सबैभन्दा खतरनाक ताल, जसको सम्पर्कमा आएका प्राणी ढुंगामा परिणत हुने



अ+ अ-

एजेन्सी । संसारमा धेरै खतरनाक नदी र तालहरू छन् । आज हामी एउटा तालको बारेमा बताउन गइरहेका छौँ, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । सन् २०१३ मा यो तालको डरलाग्दो तस्बिर सार्वजनिक भएको थियो ।

वन्यजन्तु फोटोग्राफर निक ब्रान्डले यस तालको तस्बिर खिचे । यी तस्विरहरूमा जनावरहरूको जमेको लाशहरू थिए । यस तालको पानीका कारण जनावरहरू ढुङ्गा बनेका थिए । यी दर्दनाक तस्विरहरु देखेपछि विश्वभरका मानिसहरु छक्क परेका छन् ।

यो खतरनाक र सुन्दर तालको नाम लेक नेट्रोन हो जुन तान्जानियामा अवस्थित छ । आरुषा क्षेत्रको उत्तरी न्गोरंगोरो जिल्लामा अवस्थित नेट्रोन ताललाई साल्ट लेक वा क्षारीय ताल भनिन्छ । यो ताल निकै खतरनाक मानिन्छ । यस तालको सम्पर्कमा आएका प्राणी ढुंगामा परिणत हुने बताइन्छ ।

वास्तवमा नेट्रोन ताललाई वन्यजन्तुको घर पनि मानिन्छ । तर, यस तालको पानीको पीएच मात्रा लगभग १२ छ । यस तालको पानीमा जीव धेरै दिन बाँच्न सक्दैनन् ।

ओल डोइन्यो लेङ्गाई ज्वालामुखीका कारण यस तालको पानी नुनिलो छ । यो ज्वालामुखी संसारकै पहिलो रहेको छ जहाँबाट अनौठो लाभा अर्थात नेट्रोकार्बोनाइट निस्कन्छ ।  ताल वरपरका पहाडहरूबाट सोडियम कार्बोनेट र अन्य खनिजहरू नेट्रोकार्बोनाइटमा तानेका कारण पानी नुनिलो हुन्छ ।

यस तालको पानीमा पीएचको मात्रा बढी भएका कारण अधिकांश जनावरको छाला र आँखा जल्ने गर्छ । यससँगै लामो समयसम्म पानीमा बस्दा जनावरको मृत्यु हुने गरेको छ ।

फ्लेमिङ्गोको छाला कडा र पातलो भएकाले त्यहाँ पानीको प्रभाव हुँदैन । तर मानिसको छाला नरम हुन्छ । कहिलेकाहीँ यो तालको पानी ६० डिग्री सेल्सियससम्म तातिन्छ । यो तालले तपाईलाई ढुङ्गा नबनाउन सक्छ, तर छालामा यस्तो घाउ बनाउँछ जुन तपाईले कल्पना पनि गर्न सक्नुहुन्न ।

यो तालको पानीमा मान्छे जति लामो समय बस्छ, त्यति नै जल्छ । तर पानीमा पीएचको मात्रा वर्षाको मौसममा फरक हुन्छ । परिस्थिति खराब छ भने मान्छे नराम्ररी जल्न सक्छ । त्यसैले यो ताललाई निकै खतरनाक भनिन्छ ।