२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपराष्ट्रपति यादव स्वागत समारोहमा सरिक

काठमाडौँ। उपराष्ट्रय रामसहायप्रसाद यादव बङ्गलादेशको ५५औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । नेपालका लागि बङ्गलादेशका राजदूत सफिकुर रहमानले आयोजना गर्नुभएको उक्त समारोहमा संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, कामको सिलसिलामा यहाँ रहेका बङ्गलादेशी नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायत उपस्थित हुनुहुन्थ्यो । रासस