© 2023
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनअन्तर्गत वस्तुगत तर्फका उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेले उत्पादनमुखी र प्रविधिमैत्री अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताएका छन् । सोमबार काठमाडौंमा अञ्जन श्रेष्ठ समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै घिमिरेले आत्मनिर्भर औद्योगिक संरचना विकासका लागि विशेष औद्योगिक नीति आवश्यक रहेको उल्लेख गरे

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलन पछि निजी क्षेत्रको मनोबल कमजोर मात्र नभई आर्थिक क्रियाकलाप मै नकारात्मक असर पुर्याएको बताउनु भयो