२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गुराँससँगै फस्टाउँदै स्थानीय घरबास

ताप्लेजुङ। माघदेखि फुल्न थालेका गुराँस वैशाख तेस्रो सातासम्म पुग्दा अधिकांश क्षेत्रमा झरिसकेका छन् । अहिले मौसमअनुसार पनि गुराँस फुल्ने अन्तिम सयम हो । बेँसी क्षेत्रमा माघको तेस्रो सातादेखि र पहाडी तथा हिमाली क्षेत्रमा जेठको दोस्रो सातासम्म फुल्ने गुराँसले प्रकृतिक सुन्दरतासँगै पर्यटन प्रवर्द्धन गर्नुका साथै आनम्दानीको स्रोत पनि बनेको छ ।