© 2023
सङ्खुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित हुनुभएको छ । कांग्रेसका खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार सात सय १९ मत ल्याउनुभएको छ ।