© 2023
काठमाडौँ। नेपाल पर्यटन बोर्डले मध्यपूर्वमा चर्किएको सङ्कटले नेपालको प्रमुख स्रोत बजार, हवाई सम्पर्क र पर्यटक आगमनमा पार्ने असर न्यूनीकरणका लागि वैकल्पिक रणनीतिबारे छलफल गरेको छ । बोर्डले आज आयोजना गरेको ‘मध्यपूर्व सङ्कट र यसको नेपाली पर्यटनमा प्रभाव’ विषयक अन्तक्र्रियामा सरोकारवालाले सङ्कटलाई चुनौतीमात्र नभई अवसरका रूपमा समेत लिनुपर्ने धारणा राखेका थिए