© 2023
काठमाडौं । सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा उच्च अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कैद भुक्तानका लागि जलेश्वर कारागार पठाइएको छ। महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका महतोलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उपस्थित गराइएको थियो। त्यसपछि अदालतको आदेशअनुसार उनलाई कैद सजाय कार्यान्वयनका लागि जलेश्वर कारागार