१ असार २०८३, सोमबार
,
Latest
भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापा भन्छन् – सन्दीपमाथिको निलम्बन फुकुवा गलत



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत बलात्कारजस्तो गम्भीर आरोप लागेका व्यक्तिले विषेषाधिकार पाउन नसक्ने र पाउन नहुने प्रतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्, – ‘मेरो धारणा स्पष्ट छ – बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न।’

एक साताअघि कांग्रेस जिल्ला सभापति समेत रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेर अदालतको फैसला नआउँदासम्म हतारमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको समेत उल्लख गर्दै उनले अगाडि भनेका छन् – ‘उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो, तर त्यसो हुन सकेन ।’

क्यानको निलम्बन फुकुवापछि सन्दीप राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किएका छन् ।