१ असार २०८३, सोमबार
,
Latest
भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको बचाउ गर्दै ओलीले भने – रवि फुत्त संसद छिरेको होइन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको बचाउ गर्दै सर्वोच्चको फैसलाको आलोचना गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“अदालतको फैसलाले कसलाई फाइदा भयो ? यहाँ ढोका खुला रहेछ भनेर फुत्त संसद् पसेको होइन । निर्वाचन आयोगमा उजुरी परेको र बदर गरेको होइन र ?,” ओलीले प्रश्न गरे, “निर्वाचन आयोगले उमेदवारी सदर गरेको होइन र ? प्रक्रियागत त्रुटि हुनासाथ सांसद, गृहमन्त्री, सभापति गयो ? जान मिल्छ ?”

ओलीले अगाडी भने “कार्यालय खुल्दा नागरिकता प्राप्त भइसकेको छ । यो बिदाका दिनमा प्रक्रियागत त्रुटिका कारणले यस्तो गर्न मिल्छ ?,” ओलीले भने, “किन यस्तो फैसला ?अर्को कुरा विदेशमा रहेका नेपालीहरुको सन्दर्भमा मतदानको अधिकार भन्दैछौँ । उमेदवार हुने अधिकार पनि त होला नि, हामी पासपोर्ट, भिसा, नागरिकता, पीआर के के को छानबिन गर्छौँ, त्यो बीचमा आयोगले उमेदवार हुन योग्य छ भनेको होइन ? यो समस्याको समाधान भोलि कसरी गर्छौँ ? मताधिकार विदेशी नागरिकले प्राप्त गर्न पाउँछ कि पाउँदैन ? गैर आवासीय नेपालीमा के असर पर्छ ? उनीहरुको सम्पत्तिमा के असर पर्छ ? अनेक प्रश्न होलान् ? यसले दुरगामी असर के राख्छ ?”

प्रक्रियागत त्रुटिका कारण भएको गल्तीमा पाएको सजायले भोलि समस्या पर्ने ओलीको भनाई छ ।