२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० महिला च्याम्पियनसिपः नेपालको प्रतिद्वन्द्वी बंगलादेश



अ+ अ-

काठमाडौं । नेपालले बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा मंगलबार भुटानविरुद्ध जित निकालेसँगै नेपालको फाइनल प्रतिद्वन्दी घरेलु टोली बनेको हो ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बंगलादेशले भुटानलाई ५–० गोल अन्तरले पराजित गर्यो । नेपाल र बंगालदेशबीचको फाइनल खेल बिहीबार हुनेछ ।

बंगलादेश ३ खेलमा ७ सहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो भने नेपाल लिगको दोस्रो स्थानमा रहदै फाइनलको यात्रा तय गरेको हो । नेपालले ३ खेलमा ६ अंक जोड्यो । नेपालले मंगलबार भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।