२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा ‘फेसन’ बन्दै ‘लन्च मिटिङ’, नेताहरूको कुदाकुद



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा फेरि उम्मेदवार बन्ने जनाउँदै तयारीलाई तीव्र बनाइरहँदा संस्थापन इतरका नेताहरू भने ‘लन्च मिटिङ’ मा केन्द्रित बनेका छन्। संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि केही राहतको महसुस गरेको संस्थापन इतरका नेताहरू साझा उम्मेदवार बनाउनुभन्दा आ–आफ्नो शक्ति देखाउन सक्रिय भएका हुन्।

संस्थापन पक्षबाट विद्रोह गर्दै सभापतिको उम्मेदवार बन्ने बताएका उपसभापति निधिले महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितको लन्च मिटिङ आयोजना गरेपछि कांग्रेसमा यो क्रमले बिस्तारै निरन्तरता पाउन थालेको हो। साझा उम्मेदवार बनाउन छलफल र बहसभन्दा संस्थापन इतरका नेताहरूले आ–आफ्नो दाबी र सहयोग माग्दै एकअर्काका घर पुग्न थालेका छन्। पछिल्ला दिनमा विभिन्न गुटगत भेलामा सहभागी हुन कांग्रेस नेताहरूलाई अहिले भ्याइनभ्याइ छ।

निधि, कोइराला र सिंहले १४ औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफल जारी राखेका बेला सोमबार नेत्री सुजाता कोइरालाले नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको लन्च मिटिङ आयोजना गरेकी छन्। आफू पनि सभापतिको आकांक्षी रहेको जनाउँदै उनले पौडेल र सिटौलालाई १४ औं महाधिवेशनमा मिलेर साझा उम्मेदवार तय गर्न सुझाएकी छन्। अन्यथा आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सुजाताले उनीहरूसँग सहयोग मागेकी छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।