२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशीलाई स्थल मार्गबाट प्रवेश निषेध



फाईल फोटो
अ+ अ-

काठमाडौं । विदेशी नागरिकले स्थल मार्गबाट  नेपाल  प्रवेश  गर्न  नपाउने  भएका  छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस्था गरेको हो ।

कोभिड–१९ सङ्क्रमणको  रोकथाम,  नियन्त्रण र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली  तथा  विदेशी  नागरिकको  आवागमनलाई व्यवस्थित गर्न यस्तो आदेश जारी गरिएको हो । आदेशको  व्यवस्थाअनुसार विदेशी नागरिकले नेपालले  निर्धारण  गरेका  सर्तहरूको  पालना  गरी हवाई  मार्गबाट  मात्र  प्रवेश  गर्न  पाउनेछन् ।

नेपाली नागरिक भने दक्षिणतर्फका १३ वटा नाकाबाट नेपाल प्रवेश गर्न सक्नेछन् । उत्तरतर्फको नाका भने आदेशमा समावेश गरिएको छैन । विदेशबाट नेपाल आउँदा हवाई यात्रुहरूले अध्यागमनमा दर्ता गर्नुपूर्व   ७२ अघिल्लो १२ घण्टाभित्रको फोटो एवं बारकोडसहितको  कोभिड–१९  परीक्षणको रिपोर्ट  नेगेटिभ  भएको  प्रमाण  पेस गर्नुपर्नेछ ।

त्यस्तै, सीसीएमसीको वेबसाइटमा रहेको आगमन फाराम भरेको यकिन  गरेपछि मात्र यात्रुहरूको दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।