२६ असार २०८३, शुक्रबार
,
Latest
ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता?
तपाईं के खोज्दै हुनुहुन्छ ?

धावक कार्कीले २७ फिट अग्लो गदा निर्माण गर्दै



अ+ अ-

काठमाडौं । दौडिएर ७७ जिल्ला पुगिसकेका धावक रामसुन्दर कार्कीले २७ फिट अग्लो गदा निर्माण गर्ने भएका छन् । गोदावरी नगरपालिका वडा २, गोदामचौरस्थित कार्कीटारमा आफैले आफ्नै जग्गामा निमार्ण गरेको हनुमान मन्दिर हातामा गदा निर्माण गर्न लागेका हुन् । कार्की सोही ठाउँका बासिन्दा हुन् ।

कार्की स्वयं र नातिनी आहाना आचार्यले हनुमान जयन्तीका दिन मंगलबार संयुक्त शिलान्यास गरे । कार्कीले ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेपनि सबैको साथ र सहयोग भए १ वर्षमा निर्माण सम्पन्न गर्ने सोच बनाएको बताउदै निर्माण सम्पन्न गर्न करिब १५–२० लाख रुपैयाँ खर्च हुने जानकारी गराए ।

‘दौडकै माध्यमबाट निर्माण सम्पन्न गर्ने लक्ष्य हो । त्यो पूरा हुन नसके आफै लगानी गरेर भएपनि निर्माण सम्पन्न गर्छु ।’– कार्कीले भने ।

धावक कार्कीले धार्मिक बाहेक सामाजिक कार्य गर्ने क्रममा दोलखास्थित गौरीशंकर बाल गृह मावि, रौतहटका बाढी पीडित, कालीकोट रास्कोटमा रहेको प्रसुती अस्पताललगायतमा आर्थिक सहयोगका साथै जिन्सी पनि सहयोग गरिसकेका छन् । यि सबै कार्य दौडबाटै उठेको रकमबाट सम्भव भएको कार्कीले बताए ।

कार्कीले काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं सिन्धुली ३ पटक, काठमाडौं–जनकपुर २ पटक र काठमाडौं–पोखरा १ पटक दौडिसकेका छन् । उनले काठमाडौंदेखि भारतको उत्तरप्रदेश तथा भुटानको फुन्सिलिङ पनि दौडेर ओहोर–दोहोर गरिसकेका छन् । उनले विभिन्न घरेलु प्रतियोगितामा पनि सहभागिता जनाएका छन् ।




भर्खरै