१ असार २०८३, सोमबार
,
Latest
उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्स विरूद्ध रोहितको अर्धशतक, माल्दिभ्सलाई २१३ रनको लक्ष



अ+ अ-

नेपालले माल्दिभ्स विरूद्धको टी२० क्रिकेट खेलमा शानदार प्रदर्शन गरेको छ । चीनको हाङझाउमा जारी एसियाड क्रिकेट अन्तरगतको खेलमा नेपालले सुरूमा विकेट गुमाए पनि समग्रमा माल्दिभ्स विरूद्ध विशाल स्कोर खडा गरेको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपाली प्रारम्भिक जोडीले खासै राम्रो सुरूवात गर्न सकेका थिएनन् ।

नेपालले २० ओभरको खेलमा सात विकेट गुमाएर २१२ रन बनाएको छ ।

कुशल भुर्तेलले ३५ रन बनाएर बाहिरिएका थिए भने आसिफ सेखले ६ रनमै चित्त बुझाउनु परेको थियो । यसैगरी विनोद भण्डारीले १३ तथा सन्दीप जोराले ५ रन जोडेका थिए । सुरुमै चार विकेट गुमाएपछि धर्मराएको नेपाली टोलीलाई कप्तान रोहित पौडेल र गुल्सन झाले सम्हालेका थिए ।

रोहितले कप्तानी पारी खेल्दै अर्धशतक बनाएका छन् । उनले २६ बलमै अर्धशतक बनाएका थिए । उनी ५२ रन बनाउँदै रनआउट भएका थिए ।

तर गुल्सन झा पनि ३५ रन बनाएर आउट भएका थिए । त्यसपछि क्रिजमा कुशल मल्ल आएका थिए । मल्लले खेलको अन्त्यतिर २० बलमै ४७ रन बनाएर नेपालको स्कोर उच्च बनाउन महत्वपूर्ण योगदान दिएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

स्कोरबोर्डः

कुशल भुर्तेलः ३५ रन

आसिफ सेख: ६
विनोद भण्डारी: १३
सन्दीप जोरा: ५
गुल्सन झा: ३५
रोहित पौडेल: ५२
कुशल मल्ल: ४७
दीपेन्द्र सिं ऐरी: ६
सोमपाल कामी: १