२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबारको मौसम पुर्वानुमानः यी स्थानमा अपरान्ह पछि मेघगर्जन, हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ। देशको पहाडी भू-भागहरूमा आंशिक बदली बदली  रहेको छ ।

शुक्रबार प्रदेश १ लगायत अन्य प्रदेशका  पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका पश्चिमी तथा मध्य पहाडी तथा तराइका केही भूभागहरुमा हल्का तुवाँलोसमेत लाग्न सक्ने सम्भावना रहेको छ ।