२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एकीकृत दल दर्ता गर्दै माधव नेपाल, पछि माओवादीसँग एकीकरण हुने



अ+ अ-

आज पार्टी अध्यक्ष केपी ओलीबाट कारबाहीमा परेका नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपा एकीकृत नामको नयाँ दल दर्ता गर्ने तयारी गर्नुभएको छ । 

उहाँले नेकपा एमाले परित्याग गरेर नयाँ दल दर्ता गर्ने अन्तिम तयारी भएको सूचनाका आधारमा आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले उहाँ र सो पार्टीका अर्का नेता भिम रावललाई छ महिनाका लागि पार्टीबाट निष्कासन गर्ने कारबाही गर्नुभएको थियो । 

समाचार स्रोतले भन्यो– सो पार्टी दर्ताको अन्तिम तयारी भएको छ, पार्टीको नाम पनि जुरेको छ, सायद यसै हप्ता दर्ता हुन सक्छ, सबै कागजात पूरा भएको छ । 

त्यस प्रयोजनका लागि भिम रावल पनि खटेको स्रोतले बतायो । यताबाट भिम रावल र उता माओवदी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ पनि सो यो नयाँ दल जन्माउने प्रयोजनका लागि लागेको स्रोतले बतायो । 

माधव नेपाल पक्षका एकजना एमाले नेताले भने– कोटेश्वरमा रहेका एकजना व्यापारीको निवासमा केही दिनयता देखि यो कार्य निरन्तर जारी छ, यताबाट भिम रावल र उताबाट नारायणकाजी लाग्नुभएको छ, समय समयमा माधव नेपाल र प्रचण्डले पनि आवश्यक परामर्श दिइरहनुभएको छ । 

ती नेताका अनुसार पछि यही दलमा माओवादी केन्द्र पनि मिस्सिने र नेकपा एकीकृतका नाममा अघि बढ्ने सहमति नेपाल र दाहालबीच भएको छ ।

यस अवधारणामा माधव नेपाल पक्षका एक दुई जनाबाट सबैजसो नेताको कुरा मिलेको छ र उता माओवादीमा पनि सो नाम नराख्ने भन्दै शुरु भएको बहसमा यसले निकास पाउने देखिएको छ । 

उहाँहरुले सो दलमार्फत् एकसाथ अघि बढ्ने साझा धारणा बनाएर दल दर्ताको प्रक्रिया थालेपछि र सम्भवत यसै हप्तातिर सो दल दर्ता हुन लागेको भन्ने थाहा भएपछि यता ओलीले उहाँहरुलाई कारबाही गर्नुभएको हो । 

यो संसदले निकास दिएको छैन र उता प्रधानमन्त्री आफैले विघटन गरेको यो संसदको अन्त्यको निहूँ खोजेर बसिरहेको स्पष्टै देखिन्छ । यदि त्यस्तो भयो र फेरि पनि संसद विघटन गरेर निर्वाचनको आह्वान भयो भने नयाँ दल दर्ता गर्न मिल्दैन । 

त्यसैले पनि अहिले नै नयाँ दल दर्ता गरेर यसअघिको दाहाल नेपाल गठबन्धनलाई पार्टीका रुपमा एकीकरण गरेरै अघि लैजाने प्रक्रियाका लागि उहाँहरु लाग्नुभएको समाचार स्रोतले बताएको छ । 
 




भर्खरै