२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर—गगन समूहमा कुनै फाटो आएको छैनः अर्जुननरसिंह केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर—गगन समूहमा कुनै फाटो नआएको दाबी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा बसेको काँग्रेस नेता डा. शेखर कोईराला गुटको बैठकपछि बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूहरु लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद र संवादको प्रक्रिया भइरहने बताउनु भयो । उहाँले महासमिति बैठक तोकिएकै समयमा हुनुपर्ने बताउनु भयो । उहाँले नेपाल भ्रष्टाचारको काण्डले सिंगारिएको भन्दै काँग्रेसले भ्रष्टाचारबिरोधी अभियान महासमितिबाट पारित गरेर जनतामा जानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गुट भित्र कुनै फाटो आएको छैन, हामी लोकतन्त्रवादी हौँ । लोकतन्त्रवादी भनेकै वाद, प्रतिवाद र संवादको प्रक्रिया हो । विचारहरु आउँछन्, विचारमा विमति हुन्छ, कहिलेकहीँ व्यक्तित्व घर्षण र असन्तुलन पनि देखिन्छ । तर त्यसलाई छलफल र सहमतिद्वारा नै टुंग्याउनुपर्छ । त्यो प्रयत्नमा हिजो पनि र आज पनि म निरन्तर रुपमा लागेको छु । हामीले कति पटक महासमिति बैठक सार्ने, त्यसैले तोकेकै मितिमा अधिवेशन हुनुपर्छ । नेपाल भ्रष्टाचारको काण्डै काण्डले सिंगारिएको छ । काँग्रेसले भ्रष्टाचारबिरोधी अभियान महासमितिबाट पारित गरेर जनता जानुपर्छ ।’

नेता केसीले अहिलेसम्मका भ्रष्टाचारका प्रकरणहरुको छानबिन गरी अन्तिम फैसला गर्नुपर्ने बताउनु भयो ।