७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदरसाको अवस्था नाजुक छ, राज्यको ध्यान पुगेनः अध्यक्ष अन्सारी



अ+ अ-

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मदरसा सञ्चालनका लागि राज्यको ध्यान नपुगेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा २ हजार भन्दा बढी मदरसाहरु रहेको र सरकारले बेवास्त गर्दा विद्यार्थीहरु त्रिपालमुनि बसेर अध्ययन गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले मदरसाहरु चन्दाको भरमा चलिरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले मदरसाहरुको अवस्था नाजुक रहेकाले राज्यले बढी जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा २ हजार भन्दा बढी मदरसाहरु छन् । सबै प्रदेशमा रहेका छन् । जसमध्ये लुम्बिनी, मधेस,कोशी प्रदेश, वागमती प्रदेशमा बढी छ । मदरसा निःस्वार्थले चलाइरहेका छन् । अहिले केही समय अघिदेखि राज्यले अनुदानस्वरुप दिएको छ । कयौँ वर्ष अघिदेखि नै मदरसा चलिरहेको छ । ती मदरसा चन्दाको भरमा चलिरहेका छन् । मदरसाहरुको अवस्था अत्यन्त नाजुक रहेको छ । अहिले पनि धेरैजसो मदरसाहरुमा बोरा र सुकुल ओछ्याएर पढ्नुपर्ने बाध्यता छ । त्यसमा राज्यको ध्यान नपुगेकै हो । ३ लाख बढी विद्यार्थीलाई शिक्षा दिइरहेको मदरसालाई बेवास्ता गर्नु हुँदैन ।’

अध्यक्ष अन्सारीले मदरसाको प्रधानाध्यापक मुस्लिम समुदायकै व्यक्ति हुनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल




भर्खरै