२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ सय ४३ औं गोल गर्दै पेलेको बराबरीमा मेसी



अ+ अ-

म्याड्रिड । लियोनल मेसीले बार्सिलोनाका लागि ६ सय ४३ औं गोल गरेका छन् । शनिबार एकै क्लबका लागि गरेको सर्वाधिक गोलको कीर्तिमानमा पेलेको बराबरी गरेका छन् । तर टिमले स्पेनी ला लिगामा भ्यालेन्सियासँग घरमा २–२ को बराबरी मात्रै खेलेको छ । 

पहिलो हाफको इन्जुरी टाइममा हेडबाट ३३ वर्षीय मेसीले गोल गरे । सन् २००५ मा उनले अल्बासेटविरुद्ध पहिलो गोल गरेका थिए । सन् १९५६ देखि १९७४ बीच पेलेले ब्राजिलको सान्तोसका लागि १९ सिजनमा ६ सय ४३ गोल गरेका थिए ।

बराबरीका नतिजापछि बार्सिलोना १३ खेलबाट २१ अंकमा सीमित रह्यो । यो शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग आठ अंकको दूरी हो । शनिबारको अर्को प्रमुख खेलमा रियल सोसिडाड लेभान्टेको हातबाट २–१ ले पराजित रह्यो ।